विद्यालय शिक्षा विधेयक पारितमा एमालेले पहल लिने, संसदीय कामलाई प्राथमिकतामा राख्न ओलीको निर्देशन



बिजमाण्डू
२०८२ बैशाख १३ गते २०:५६ | Apr 26, 2025
विद्यालय शिक्षा विधेयक पारितमा एमालेले पहल लिने, संसदीय कामलाई प्राथमिकतामा राख्न ओलीको निर्देशन

काठमाडौं। नेकपा (एमाले) ले विद्यालय शिक्षा, संघीय निजामती सेवालगायतका विधेयक चालु अधिवेशनबाटै पारितका लागि पहल लिने निर्णय गरेको छ।

Tata
GBIME
Nepal Life

शनिबारको संसदीय दलले विधेयक पारितमा पहल लिने निष्कर्ष अघि बढाएको प्रमुख सचेतक महेश बर्तौलाले बताए।

बैठकमा संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय काम र जिम्मेवारीलाई मुख्य प्राथमिकतामा राख्न सांसदहरूलाई निर्देशन दिए।

राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताप्रति चनाखो रहँदै जनसरोकार र  राष्ट्रिय महत्त्वका विषय उठान गर्न पनि ‌ओलीले सांसदलाई निर्देशन दिए।

संसदमा हुनसक्ने संसदीय मूल्य-मान्यता, संस्कृति र नियमावली  विपरीतका कार्यको विपक्षमा उभिन पनि ‌ओलीले निर्देशन दिएका छन्। संसद्लाई स्वच्छ, मर्यादित र सृजनशील बहसको थलोको रूपमा स्थापित गर्ने पनि बैठकले निष्कर्ष निकालेको छ।