संघीय मामिलामन्त्री गुप्ताले अमेरिका सयर गर्दा आरजु बैंककमा, अरु मन्त्री पनि विदेश जाने पालोमा



बिजमाण्डू
२०८२ बैशाख १० गते १८:२० | Apr 23, 2025
संघीय मामिलामन्त्री गुप्ताले अमेरिका सयर गर्दा आरजु बैंककमा, अरु मन्त्री पनि विदेश जाने पालोमा

काठमाडौं। ९ महिनासम्म जनताले अनुभव गर्ने काम गर्न नसकेको भनेर आलोचना खेपिरहेका मन्त्रीहरु विदेश भ्रमणको होडमा उत्रिएका छन्।

Tata
GBIME
Nepal Life

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता अमेरिका सयरमा रमाइरहँदा परराष्ट्रमन्त्री डा आरजु राणा केही दिनदेखि बैंककमा छिन्। आरजुको बैंकक भ्रमण मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को सोमबारको निर्णय अनुसार कृषिमन्त्री रामनाथ अधिकारी श्रीलंकाको कोलम्बो र रक्षामन्त्री मानवीर राई नेतृत्वको टोली जर्मनीको बर्लिन जाने भएको छ।

अधिकारीले वैशाख २४ देखि २६ सम्मका लागि तय कार्यक्रम र राई नेतृत्वको टोलीले वैशाख ३० र ३१ मा तय कार्यक्रमका लागि भ्रमणको स्वीकृति पाएका हुन्।

यस्तै सिंचाई सचिव सरिता दवाडीलाई वैशाख २४ देखि ३१ सम्मको कार्यक्रमका लागि जापान र दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मालाई जेठ ११ देखि १३ सम्मको कार्यक्रमका लागि क्यानडा भ्रमणको स्वीकृति दिइएको छ।