
दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ८ विकेटले हराएको हो।
लखनउस्थित अटल बिहारी बजपेयी स्टेडियममा घरेलु टोली टस हारेर ब्याटिङमा उत्रिएको थियो। जसमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो। लखनउका लागि ऐडन मार्क्रमले सर्वाधिक ५२ रन बनाउँदा मिचेल मार्सले ४५, आयुष बडोनीले ३६ तथा डेभिड मिलरले अविजित १४ रन बनाए। बलिङतर्फ दिल्लीका मुकेश कुमारले सर्वाधिक ४ विकेट लिँदा मिचेल मार्स र दुसमान्था छमीराले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १७.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो। दिल्लीका लागि ओपनर अभिषेक पोरलले ५१ रन बनाउँदा करुण नायरले १५ रन बनाए। त्यस्तै केएल राहुले ५७ रनमा र अक्षर पटेल ३४ रनमा अविजित रहे। योसँगै केएल राहुलले आईपीएलमा १३० इनिङ्सबाट ५ हजार रन पुरा गरेका छन्। बलिङमा लखनउमा मार्क्रमले २ विकेट लिए।
जितसँगै दिल्ली अंकतालिकाको शीर्ष दुईमा उक्लिएको छ। समान ८ खेल खेलेका गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स १२ अंक बनाएर पहिलो र दोस्रो स्थानमा छ। अर्कोतर्फ १० अंक बनाएको लखनउ तालिकाको पाँचौँ स्थानमा छ। आईपीएलमा आज सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स भिड्दैछन्।