प्रेम आलेविरुद्धको उजुरीमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले गरे यस्तो निर्णय



बिजमाण्डू
२०८२ बैशाख ९ गते १४:०१ | Apr 22, 2025
प्रेम आलेविरुद्धको उजुरीमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले गरे यस्तो निर्णय
प्रेमबहादुर आले

काठमाडौं। तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेविरुद्धको उजुरीमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पनि छानबिन अगाडि बढाएको छ।

Tata
GBIME
Nepal Life

धनगढी विमानस्थल विस्तारका क्रममा मन्त्रीको जिम्मेवारीमा रहँदा आलेले जग्गा खरिदमा अनियमितता गरेको भन्दै वैशाख ४ गते परेको उजुरीमा समितिले छानबिन अगाडि बढाएको हो।

समितिका सभापति ऋषिकेश पोखरेलले आलेमाथि लागेका आरोपबारे पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भूमि सुधार मन्त्रालयबाट आवश्यक कागजात मगाउने निर्णय मंगलबार गरेका छन्। आले अहिले समितिको सदस्य छन्।

आलेमाथि व्यक्तिगत कम्पनी खडा गरेर जग्गा खरिद गरेको आरोप छ। उनले तत्कालीन मेगा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिन ठेकेदार पवन गुप्ता र आफ्ना स्वकीय सचिव हेमन्त रेग्मीसँग मिलेर विमानस्थल आसपासमा जग्गा खरिद गरेको उजुरीमा उल्लेख छ।

आलेले आफू मन्त्री हुँदा धनगढी विमानस्थल विस्तारको योजना ल्याइ मुआब्जाका लागि भनेर १ अर्ब बजेट छुट्टाएकामा प्रति कठ्ठा साढे १२ लाखका दरले जग्गा किनेका थिए। आले २०७८ मा पर्यटनमन्त्रीको जिम्मेवारीमा थिए।