फाइनान्स कम्पनीको खराब कर्जा ४४.४१ प्रतिशतसम्म, अधिकांशले लाभांश वितरण गर्न नसक्ने

बिजमाण्डू
२०८२ बैशाख ७ गते १८:२१ | Apr 20, 2025
फाइनान्स कम्पनीको खराब कर्जा ४४.४१ प्रतिशतसम्म, अधिकांशले लाभांश वितरण गर्न नसक्ने


काठमाडौं। चालु आर्थिक वर्ष तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका १३ वटा फाइनान्सले जम्मा २० करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

Tata
GBIME
NLIC

पोहोर ९ महिनामा ‌२२ करोड ९१ लाख रुपैयाँ नोक्सानीमा रहेका फाइनान्सले यस वर्ष नाफा बढाएका हुन्। ९ वटा फाइनान्सले नाफा कमाउँदा ४ कम्पनी नोक्सानीमा छन्। गत वर्ष चैतसम्म ७ फाइनान्स घाटामा थिए।

आइसीएफसी फाइनान्सले सर्वाधिक १९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ। फाइनान्सहरुको खराब कर्जा बढ्दा समेत नाफामा सुधार देखिएको छ।

रिलायन्स फाइनान्स सबैभन्दा धेरै १७ करोड ४७ लाख रुपैयाँ नोक्सानीमा छ। फाइनान्सको औसतमा खराब कर्जा १२.९१ प्रतिशत पुगेको छ। पोहोर चैतको तुलनामा यस वर्ष ४.५८ प्रतिशतले खराब कर्जा बढेको हो। जानकी फाइनान्सको खराब कर्जा सबैभन्दा धेरै ४४.४१% छ।

फाइनान्स कम्पनीखुद नाफा २०८१/८२(हजारमा)खुद नाफा २०८०/८१(हजारमा)फरक प्रतिशतखराब कर्जा% २०८१/८२खराब कर्जा% २०८०/८१फरकवितरणयोग्य नाफा(हजारमा)
नेपाल१७००१३१८२८.९८९.६६९.२४०.४२-२७८०३३
गोर्खाज-६२१८२५४८७५१७.४५१४.५२.९५-५५१६०९
बेस्ट-७५२०१८०२६११.४९३.८६७.६३-४३४०४३
गुडविल१५२२२-८६४६४८.०७६.४८१.५९-६८०८१
पोखरा७१९८५-१७२३९४३१.२५७.९१२३.३४-१६३५१५९
श्रीइन्भेष्टमेन्ट४९१०७३१२१६५७.३१३.७५२.५५१.२३६१६०
जानकी-१२८३२५-१०८६३०४४.४१२८.९११५.५
गुहेश्वरी३२४९०-५५०९३६.९३५.७३१.२-४३९६५
आइसीएफसी१९५०९३३३२७५४८६.३१२.०५३.९१-१.८६९१७८१
प्रोग्रेसिभ९०४४१-५४९००७.१५९.३४-२.१९-४४१६७२
मल्टिपर्पस२१६४७१५९३२३५.८७५.३६३.४४१.९२
मञ्जुश्री१७१११९१५०९८६१३.३३४.२३.९५०.२५२०३७१२
रिलायन्स-१७४७११-४७२५११६.०८८.४८७.६-४९३०१३
जम्मा/औसत२०८३८५-२२९१०४१२.९१८.३३४.५८

पोखरा फाइनान्सको खराब कर्जा ३१.२५ प्रतिशत छ। कम्पनीहरुको नाफा वृद्धिको ब्यालेन्सिट निकाले पनि वितरणयोग्य नाफा अधिकांशको ऋणात्मक छ। ८ वटा फाइनान्सले सेयरधनीलाई प्रतिफल वितरण गर्न नसक्ने देखिन्छ।