नाडाको टोलीले बीमा प्राधिकरण पुगेर माग्यो इभीको इन्स्योरेन्स सम्बन्धी नीति



बिजमाण्डू
२०८२ बैशाख ५ गते १८:४७ | Apr 18, 2025
नाडाको टोलीले बीमा प्राधिकरण पुगेर माग्यो इभीको इन्स्योरेन्स सम्बन्धी नीति

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विद्युतीय सवारीसाधन (इभी) सम्बन्धी बीमा नीति ल्याउन नेपाल बीमा प्राधिकरणसँग आग्रह गरेको छ।

Tata
GBIME
Nepal Life

नाडाको टोलीले शुक्रबार प्राधिकरण पुगेर इभीको बीमा सम्बन्धमा स्पष्ट र पारदर्शी नीतिको आवश्यकता औंल्याउँदै यसतर्फ गम्भीर हुन आग्रह गरेको हो। उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा नाडाको टोली प्राधिकरणमा गएको थियो।

श्रेष्ठले इभीको बढ्दो संख्याका कारण उत्पन्न जोखिम व्यवस्थापनका विषयमा प्राधिकरणले आवश्यक नीति बनाउनु पर्ने बताए। नाडाले नीति तर्जुमा गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाउन आग्रह गरेको छ।

प्राधिकरणका अध्यक्ष शरद ओझाले इभीबारे बीमा नीति तर्जुमा गर्दा नाडालाई प्रत्यक्षरुपमा संलग्न गराउने आश्वासन दिएको नाडाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।