नेपाल टेलिकमको एफटीटीएच सेवा काठमाडौंका यी स्थानहरुमा अवरुद्ध हुन सक्ने



बिजमाण्डू
२०८२ बैशाख ५ गते १३:५५ | Apr 18, 2025
नेपाल टेलिकमको एफटीटीएच सेवा काठमाडौंका यी स्थानहरुमा अवरुद्ध हुन सक्ने

काठमाडौं। ठहिटी, असन, भेंडासिंह, इन्द्रचोक, महाबौद्ध, किलागललगायतका क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ।

Tata
GBIME
Nepal Life

दूरसञ्चार कार्यालय सुन्धाराअन्तर्गतका क्षेत्रमा सञ्चालित फाइबर टु द होम (एफटीटीएच) नेटवर्कको आन्तरिक मर्मतसम्भार तथा स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको छ।

कम्पनीले शुक्रबार राति ९ बजेदेखि शनिबार बिहान ७ बजेसम्म ती स्थानमा टेलिफोन, इन्टरनेट, टिभी सेवा अवरुद्ध हुन सक्ने कम्पनीले जनाएको छ।