काठमाडौं। यू-१९ विश्वकप छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा सोमबार नेपाली टोलीका कप्तान नरेन भट्टले टस जितेर ओमनलाई ब्याटिङको निम्ता दिएका थिए।
ओमन ३९ औँ ओभरमा अलआउट हुँदै ११७ रनमा समेटियो। ओमनका लागि जित ब्रजेश शाहले सर्वाधिक ५२ रन बनाए। उँदा सिद्धार्थ शंकरले १६ र प्रथिएस हेमा रमेशले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
नेपालका युवराज खत्रीले घातक बलिङ गरे। उनले ७ ओभर बलिङ गरेर २ मेडन राख्दै १५ रनमात्रै दिएर ५ विकेट लिए।

त्यस्तै, सन्तोष यादवले २ तथा दयानन्द मण्डल, अपराजित पौडेल र अशोक धामीले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले २ विकेट गुमाएर १४.३ ओभरमा लक्ष्य भेट्टायो। निरजकुमार यादवले सर्वाधिक ४६ रन र शाहिल पटेलले ४४ रन बनाए। त्यस्तै, नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे।

नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ५ रनले हराएको थियो भने ओमन अफगानिस्तानसँग ८ पराजित भएको थियो।
सोमबार नै भएको अर्को खेलमा अफगानिस्तानले हङकङलाई ८ विकेटले हरायो।











