नेपाल टेलिकमको नयाँ वर्ष अफर, प्रिपेड चलाउनेलाई ४९ रुपैयाँदेखिका प्याक, पोस्टपेडलाई कति?

बिजमाण्डू
२०८१ चैत्र ३१ गते १५:३८ | Apr 13, 2025
नेपाल टेलिकमको नयाँ वर्ष अफर, प्रिपेड चलाउनेलाई ४९ रुपैयाँदेखिका प्याक, पोस्टपेडलाई कति?


काठमाडौं। नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा विभिन्न अफर ल्याएको छ। वैशाख १ देखि १५ गतेसम्म मान्य हुने गरी टेलिकमले डेटा, भ्वाइस र एसएमएसको अफर ल्याएको हो।

Tata
GBIME
NLIC

टेलिकमले १ दिनको भ्यालिडिटी समय रहेको प्याकेजमा १ एमबीपीएस अनलिमिटेड डेटा र टेलिकमको नेटवर्कभित्र मात्रै चल्ने १०० मिनेट भ्वाइस (अन-नेट) ४९ रुपैयाँमा ल्याएको छ।

यस्तै, पाँच दिनलाई मान्य हुने ६ जीबी डेटा प्याक १११ रुपैयाँमा ल्याएको छ। सात दिनसम्म चल्ने १५ जीबी डेटाको प्याक १९९ रुपैयाँमा ल्याएको छ। १२ दिनसम्म चल्ने २० जीबी डेटाको २९९ रुपैयाँ र १५ दिनसम्म चल्ने ३० जीबी डेटाको प्याकेज ३९९ रुपैयाँमा ल्याएको जनाएको छ।

यस्तै, पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमले रेन्टल शुल्क जोडिएको फेस्टिभ कम्बो प्याक ल्याएको छ। ७८९ रुपैयाँको यो प्याकमा ३० जीबी डेटा, ६०० मिनेट अल-नेट भ्वाइस र २०० वटा अल-नेट एमएसएम ल्याएको छ। यो प्याक पोस्पेड प्रयोगकर्ताका लागि लागि ३० दिन र प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन मान्य हुने टेलिकमले जनाएको छ।