
काठमाडौं। चारदेशीय टी-२० सिरिजमा नेपाली क्रिकेट टोली टस जितेर फिल्डिङमा उत्रिएको छ। हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर कुवेतलाई पहिलो ब्याटिङको निम्ता दिएका हुन्।
सिरिजमा नेपाल र कुवेत शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन्।
लिग चरणमा नेपालले कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङ विरुद्धको खेल भने वर्षाका कारण रद्ध भएको थियो।
अर्कोतर्फ नेपालसँग पराजय ब्यहोरेको कुवेतले हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले हराएको थियो।
आजै सम्पन्न प्लेअफको खेलमा कतारले हङकङलाई हराउँदै तेस्रो भएको थियो। आयोजक हङकङ चौथो बन्यो।