चारदेशीय टी-२० सिरिजको फाइनलमा नेपाल टस जितेर फिल्डिङमा, ब्याटिङमा कुवेत



बिजमाण्डू
२०८१ चैत्र ३१ गते ११:२८ | Apr 13, 2025
चारदेशीय टी-२० सिरिजको फाइनलमा नेपाल टस जितेर फिल्डिङमा, ब्याटिङमा कुवेत

काठमाडौं। चारदेशीय टी-२० सिरिजमा नेपाली क्रिकेट टोली टस जितेर फिल्डिङमा उत्रिएको छ। हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर कुवेतलाई पहिलो ब्याटिङको निम्ता दिएका हुन्।

Tata
GBIME
Nepal Life

सिरिजमा नेपाल र कुवेत शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन्।

लिग चरणमा नेपालले कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङ विरुद्धको खेल भने वर्षाका कारण रद्ध भएको थियो।

अर्कोतर्फ नेपालसँग पराजय ब्यहोरेको कुवेतले हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले हराएको थियो।

आजै सम्पन्न प्लेअफको खेलमा कतारले हङकङलाई हराउँदै तेस्रो भएको थियो। आयोजक हङकङ चौथो बन्यो।