निजी क्षेत्रलाई ओलीले भने : आफ्ना माग पुरा गराउन आन्दोलन गरिरहन पर्दैन



बिजमाण्डू
२०८१ चैत्र २८ गते १४:५० | Apr 10, 2025
निजी क्षेत्रलाई ओलीले भने : आफ्ना माग पुरा गराउन आन्दोलन गरिरहन पर्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ओलीले सरकार र निजी क्षेत्रको सहकार्य उदाहरणीय रुपमा भएको बताएका हुन्।

‘सरकार र निजी क्षेत्रको हाम्रो सहकार्य नमुनाका रुपमा अघि बढिरहेको छ। हामी सबै मिलेर हाम्रो देश हामी आफैले बनाउनुपर्छ। तीव्र गतिमा विकास गर्नुपर्छ,’ ओलीले भने।

उनले निजी क्षेत्रले सरकारलाई आफ्ना माग पुरा गराउन कुनै दबाब दिन नपर्ने समेत बताए।

‘कुनै आन्दोलन गरिरहनुपर्ने छैन। यो सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको हो। अहिले गतिशील स्थायित्व छ,’ ओलीको भनाइ थियो।

उनले निजी क्षेत्रका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको समेत बताए।