
काठमाडौं। सेयर बजारमा ३३.३३ अंकको गिरावट आएको छ। सोमबार नेप्से परिसूचक घटेर २६७०.०६ विन्दुमा आएको छ।
कारोबारमा आएका सबै उपसमूहले बजार घटाएका हुन्। व्यापार समूहको सूचक सर्वाधिक ३.११ प्रतिशतले ओरालो लागेको छ। फाइनान्स २.२६ र लगानीको सूचक १.६९ प्रतिशतले घटेको छ।
२२१ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। अपर हेवाखोला हाइड्रोपावरको सूचक सर्वाधिक ९.०९ प्रतिशतले घटेको छ। २३ कम्पनीको सेयरमूल्य बढ्दा तिनका लगानीकर्ताले भने कमाएका छन्।
बुटवल पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ७.४६ प्रतिशतले बढेको छ। ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच हुँदा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ५० करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ४३ करोड २१ लाख र नेपाल रि-इन्स्योरेन्स ३३ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।