लगातार दुई हारपछि पोखराको पहिलो जित, आजै ललितपुर र धनगढी भिड्दै



बिजमाण्डू
२०८१ चैत्र २३ गते १७:२० | Apr 5, 2025
लगातार दुई हारपछि पोखराको पहिलो जित, आजै ललितपुर र धनगढी भिड्दै
प्रतिस्पर्धामा पोखरा र काठमाडौंका खेलाडी। तस्बिर; एनएसएल

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थण्डर्सले पहिलो जित निकालेको छ। सुरुवाती दुई खेलमा लगातार हार ब्यहोरेको पोखराले शनिबार सम्पन्न खेलमा काठमाडौंलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो।

Tata
GBIME
Nepal Life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाई काठमाडौं रेजर्सलाई २-० गोलले हराउने क्रममा पोखराले दुबै हाफमा गोल गर्‍यो। पोखराले खेलको २४ औँ मिनेटमा स्टेफेन बिनोङको गोलमा अग्रता बनाएको थियो। पोखराका लागि दोस्रो गोल आयुष घलानले पेनाल्टी क्षेत्रभित्र निकालेको क्रसमा सुदिल राईले ५७ औँ मिनेटमा गरे।

यसअघि पोखराले आफ्नो पहिलो खेलमा एफसी चितवनसँग र दोस्रो खेलमा ललितपुर सिटीसँग पराजय ब्यहोरेको थियो। अर्कोतर्फ उद्घाटन खेलमा ललितपुरसँग बराबरी खेलेको काठमाडौंले दोस्रो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो। आजै हुने दोस्रो खेलमा अघिल्लो संस्करणमा फाइनल खेलेका दुई टोली ललितपुर सिटी र धनगढी एफसी आमनेसामने हुनेछन्। यो खेल ६ बजे सुरु हुनेछ।