नेपाल वायुसेवा निगमको मलेसिया स्टेसन प्रमुखमा पौडेल, प्रवक्ताको जिम्मेवारी डाँगीलाई



बिजमाण्डू
२०८१ चैत्र २२ गते १६:२९ | Apr 4, 2025
नेपाल वायुसेवा निगमको मलेसिया स्टेसन प्रमुखमा पौडेल, प्रवक्ताको जिम्मेवारी डाँगीलाई
रमेश पौडेल

काठमाडौं। नेपाल वायुसेवा निगमको मलेसिया स्टेसन प्रमुखका रुपमा रमेश पौडेलले जिम्मेवारी सम्हालेका छन्। उनले मलेसियाको क्वालालम्पुरस्थित निगमको कार्यालयमा शुक्रबार कार्यभार सम्हालेका हुन्।

Tata
GBIME
Nepal Life

निगम व्यवस्थापनले पौडेललाई गत फागुन १३ गते मलेसिया स्टेसन प्रमुखमा सरुवा गर्ने निर्णय गरेको थियो। त्यहाँयसअघि नेत्रराज राउत स्टेसन प्रमुखका रुपमा कार्यरत थिए।

पौडेल भने निगममा मार्केटिङ विभागमा कार्यरत थिए। उनी प्रवक्ताको जिम्मेवारीमा पनि थिए। उनले यसअघि संयुक्त अरब इमिरेट्समा कण्ट्री म्यानेजरको रुपमा काम गरेका थिए। पौडेल मलेसिया गएसँगै निगमले प्रवक्ताको जिम्मेवारी सुवास डाँगीलाई दिएको छ।