काठमाडौं। वीन नेपाल लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) गरेको छ। लघुवित्तले बिहीबारदेखि ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको ५१ हजार २९२.५ कित्ता एफपीओ निष्कासन गरेको हो।
लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँमा १० देखि अधिकतम १ हजार कित्ता सेयरका लागि चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्।
लघुवित्तले अंकित लघुवित्तले एफपीओ जारी गर्न पोहोर चैतमा आवेदन दिएकामा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत माघमा कम्पनीको स्वीकृति गरेको थियो। एफपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा केयर रेटिङले केयर एनपी सिंगल बी इस्यूअर रेटिङ दिएको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
कम्पनीको चुक्ता पुँजी अहिले ७ करोड ९२ लाख रुपैयाँ छ। एफपीओ बिक्रिपछि कम्पनीको स्वपुँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम हुनेछ।
गत पुस मसान्तसम्म लघुवित्त २ करोड ८६ लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ। प्रति सेयर आम्दानी ३१.४७ रुपैयाँ ऋणात्मक छ भने प्रति सेयर नेटवर्थ ९१.२३ रुपैयाँ छ। लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट बैंकिङ छ।










