कुलमान हटाएको विषयले आज पनि संसद अवरुद्ध, प्रधानमन्त्रीले जवाफ दिनैपर्ने अडानमा प्रतिपक्षी



बिजमाण्डू
२०८१ चैत्र १४ गते १३:२४ | Mar 27, 2025
कुलमान हटाएको विषयले आज पनि संसद अवरुद्ध, प्रधानमन्त्रीले जवाफ दिनैपर्ने अडानमा प्रतिपक्षी

काठमाडौं। प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिपक्षी दलहरुले अवरोध कायमै राखेका छन्। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनुपर्ने अडान प्रतिपक्षी दलले कायमै राखेपछि दुवै सभाका बैठक प्रभावित भएका छन्।

Tata
GBIME
Nepal Life

११ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना टासेर २ बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाको बैठकमा प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको छ।

सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका सचेतकहरुसँग संसद अवरोध हटाउनेबारे छलफल गरेका थिए। उक्त छलफलमा पनि प्रतिपक्षी दलले अडान कायमै राखे। ओली भने घिसिङ हटाएकोबारे संसदमा जवाफ नदिने अडानमा छन्।