नेप्सेको सीईओमा नारदकुमार लुइँटेल नियुक्त, यस्तो छ अनुभव



बिजमाण्डू
२०८१ चैत्र ११ गते २१:४१ | Mar 24, 2025
नेप्सेको सीईओमा नारदकुमार लुइँटेल नियुक्त, यस्तो छ अनुभव

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारदकुमार लुइँटेल नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

साेमबार बसेकाे मन्त्रीपरिषद् बैठकले लुइँटेललाई सीईओ नियुक्त गरेकाे हाे।

नेप्सेको सीईओ छनोट समितिले चैत ६ गते सर्टलिस्टेड ५ जनाकाे अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिपछि नियुक्तिका लागि तीन जनाकाे नाम सिफारिस गरेकाे थियाे।

लुइँटेलले यसअघि तारागाउँ विकास समितिकाे अध्यक्ष तथा सदस्य सचिवमा रहेर काम गरेका छन्। उनलाई २०७८ मा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समितिकाे सदस्य सचिवमा नियुक्त गरेका थिए।

लुइँटेलकाे राजनीतिक रूपमा नेकपा एमालेका नेता याेगशकुमार भट्टराई र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारसँग सम्बन्ध राम्रो छ।

गत फागुनमा सीईओ छनाेटका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेकामा १० जनाले आवेदन दिएका थिए।

आवेदन दिनेमध्ये लुइँटेलसहित चुँडामणि चापागाईं, सीडीएस एण्ड क्लियरिङका पूर्वसीईओ पूर्णप्रसाद आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए।