निर्जीवन बीमा कम्पनीको व्यवसाय ८.९१ प्रतिशत वृद्धि, ८ महिनामा २८.६० अर्ब प्रिमियम संकलन

बिजमाण्डू
२०८१ चैत्र १० गते १६:२५ | Mar 23, 2025
निर्जीवन बीमा कम्पनीको व्यवसाय ८.९१ प्रतिशत वृद्धि, ८ महिनामा २८.६० अर्ब प्रिमियम संकलन

काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय ८.९१ प्रतिशतले बढाएका छन्।

Tata
GBIME

नेपाल बीमा प्राधिकरणका अनुसार ४ वटा माइक्रोसहित डेढ दर्जन कम्पनीले चालु आर्थिक वर्ष ८ महिनामा २८ अर्ब ६० करोड रुपैयाँ प्रिमियम आर्जन गरेका हुन।

पोहोर ८ महिनामा निर्जीवन बीमा कम्पनीले २६ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

११ वटा कम्पनीले व्यवसाय बढाएका छन्। शिखर इन्स्योरेन्सले सर्वाधिक ४ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। राष्ट्रिय बीमा कम्पनी, युनाइटेड अजोड र प्रभु इन्स्योरेन्सको व्यवसायमा गिरावट आएको छ।

निर्जीवन बीमा कम्पनीले दुई आर्थिक वर्षको ८ महिनामा आर्जन गरेको बीमा शुल्क रु लाखमा

बीमा कम्पनी२०८१/८२२०८०/८१फरक प्रतिशत
शिखर ४०१३९.५६३७१८७.२५७.९४
सगरमाथा लुम्बिनी३३२४४.६३३०४३१.९८९.२४
सिद्धार्थ प्रिमियर २७५३९.५६२५६११.३६७.५३
आइजीआई प्रुडेन्सियल २३७६०.७९२३०२३.४६३.२
हिमालयन एभरेष्ट २२१०५.७९२०८९१.७०५.८१
नेको २१९४८.७६२११९१.२५३.५७
एनएलजी १८५९१.२६१६२०७.३११४.७१
ओरियन्टल१७०३५.५८११८२४.७८४४.०७
युनाइटेड अजोड१५९८६.४५१७४६९.३२-८.४९
सानिमा जीआईसी १५७१०.३११५६१३.७३०.६२
नेपाल इन्स्योरेन्स१४०२४.०८९९४७.०६४०.९९
प्रभु ११६१५.२४१२०१७.४५-३.३५
राष्ट्रिय बीमा कम्पनी १०९३८.७११२६२०.१६-१३.३२
नेसनल ७६४७.७९७६१३.९२०.४४
स्रोत : नेपाल बीमा प्राधिकरण

नयाँ पोलिसीको बिक्री बढ्दा कम्पनीहरुको व्यापारमा सुधार आएको हो। फागुनसम्म इन्स्योरेन्सले बीमा पोलिसी बिक्री ५.६८ प्रतिशतले बढाएका छन्।

गत वर्ष ८ महिनामा १९ लाख ६२ हजार बीमा लेख बिक्री गरेका कम्पनीले यस वर्ष सोही अवधिमा २० लाख ७३ हजार बीमालेख बिक्री जारी गरेको प्राधिकरणले जनाएको छ।