काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले १९ महिला क्रिकेटरसँग केन्द्रीय सम्झौता गरेको छ।
‘ए’ ग्रेडमा चार जना खेलाडी छन्। जसमा कप्तान इन्दु वर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता राना मगर छन्। यी खेलाडीले मासिक ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै ‘बी’ ग्रेडमा कविता जोशी एकजना मात्रै छिन्। उनले मासिक ३५ हजार रुपैयाँ प्राप्त गर्नेछिन्।
‘सी’ ग्रेडमा कविता कुँवर र सम्झना खड्का छन्। यी दुईले मासिक २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
‘डी’ ग्रेडमा भने १२ जना खेलाडी छन्। यसमा विन्दु रावल, एलिसा यादव, सना प्रवीण, रिया शर्मा, सीमाना केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी बिस्ट, कृष्मा गुरुङ, ज्योत्स्निका मरासिनी, रचना चौधरी र मनिषा उपाध्याय छन्। यी खेलाडीले मासिक २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
सम्बन्धित समाचार: पुरुष क्रिकेटरको वार्षिक करारमा ३३ खेलाडी: ‘ए’ क्याटागोरीमा पाँच जना, कसले कति पाउँछन् पैसा?
महिलातर्फ इमर्जिङ खेलाडी छुट्याइएको छैन। पुरुषतर्फ भने इमर्जिङ खेलाडीमा ७ जनासँग मासिक २५ हजार प्राप्त हुने गरि करार गरिएको छ।
नेपाली पुरुष क्रिकेटरको तुलनामा महिला खेलाडीले पाउने रकम करिब आधा छ। नेपाली महिला टोलीसँग एकदिवसीय मान्यता छैन। हाल महिला टोली युगाण्डामा चारदेशीय सिरिज खेलिरहेको छ।










