टाटाको कमर्सियल इभी १०० युनिटभन्दा बढी बिक्री, सिप्रदी ट्रेडिङले मनायो उत्सव

बिजमाण्डू
२०८१ फागुन २८ गते १८:१२ | Mar 12, 2025
टाटाको कमर्सियल इभी १०० युनिटभन्दा बढी बिक्री, सिप्रदी ट्रेडिङले मनायो उत्सव

काठमाडौं। सिप्रदी ट्रेडिङले टाटा एस इभी १०० भन्दा बढी युनिट बिक्री गरेको छ।

Tata
GBIME

टाटाको कमर्सियल इभी १०० भन्दा बढी युनिट बिक्री गरेको अवसरमा सिप्रदी ट्रेडिङले काठमाडौंको गैरीधारास्थित आफ्नो शोरुममा विशेष समारोह गरी उत्सव मनाएको छ।

कम्पनीले यो गाडी असोज पहिलो साता सार्वजनिक गरेको थियो।

टाटा एस इभी काठमाडौं, पोखरा, बुटवल, चितवन र ईटहरीका व्यवसायीहरूका लागि भरपर्दो विकल्प बनेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो गाडी १औ लाख किलोमिटरभन्दा धेरै दूरीमा निर्वाध सञ्चालन भएको छ।