सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जननी फर्टिलिटी क्लिनिकको सेवामा छुट पाउने



बिजमाण्डू
२०८१ फागुन २६ गते १०:३९ | Mar 10, 2025
सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जननी फर्टिलिटी क्लिनिकको सेवामा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको कुपन्डोलस्थित जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

Tata
GBIME
Nepal Life

समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिक मा ५ प्रतिशत औषधीमा छुट पाउनेछन्।

यस्तै, १० प्रतिशत छुट प्याथोलोजि टेस्टमा र डाक्टर परामर्शमा ५० प्रतिशतसम्म छुट पाउनेछन्।

यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।्