राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव



बिजमाण्डू
२०८१ फागुन २५ गते १०:४२ | Mar 9, 2025
राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट आइतबार २५ अर्ब रुपैयाँ उठाउन लागेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ निक्षेप २१ दिनका लागि उठाउन लागेको हो।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ।

आइतबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज चैत १७ गते भुक्तानी गर्नेछ।