दोर्दी खोला जलविद्युत कम्पनीले १.५ अर्बको हकप्रद सेयर निष्कासन गर्दै, आवेदन म्याद वैशाख ८ गतेसम्म

बिजमाण्डू
२०८१ फागुन २५ गते ०९:०९ | Mar 9, 2025
दोर्दी खोला जलविद्युत कम्पनीले १.५ अर्बको हकप्रद सेयर निष्कासन गर्दै, आवेदन म्याद वैशाख ८ गतेसम्म


काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चैत २९ देखि चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

GBIME
Tata

अहिले दोर्दी खोला जलविद्युतको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ छ। कम्पनीले प्रति कित्ताका अंकित मूल्य १०० रुपैयाँ दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ। बुक क्लोजअघि कायम सेयरधनीले २०८२ वैशाख ८ गतेसम्म कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि फागुन १५ गते बुकक्लोज गरेको थियो।

कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।