काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले स्पष्टीकरण सोधेकोमा असन्तुष्टी व्यक्त गरेका छन्।
शनिबार सिन्धुली १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुलमानलाई हटाउने उद्देश्यले भइरहेका गतिविधि ठिक नभएको बताएका हुन्।
धेरै राम्रो काम भइरहँदा एउटा नराम्रो कामले सबै राम्रो काम छोपिने भन्दै उनले ऊर्जा मन्त्री दीपक खड्काको कामप्रति असन्तुष्टी जनाए।
खड्का ३-४ महिनामा सेवानिवृत्त हुने कुलमानको पछि लागिरहेको भन्दै उनले मन्त्रीहरु यस्ता गतिविधिबाट पछि हट्नुपर्ने बताए। मन्त्रीहरुले गरे प्रधानमन्त्रीले यो प्रवृत्ति रोक्नुपर्ने उनको मत थियो।
‘कुलमानलाई सरकारले गरेको किचकिच गरिरहेको देखिन्छ। यस्ता कुराहरू ठीक होइनन्,’ उनले भने।










