
काठमाडौं । चिनियाँ गाडी उत्पादक कम्पनी बीवाइडीले आयोजना गर्न लागेको हाई-टेक वीक २०२५ को भेन्यू निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ।
बानेश्वरको द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च ४ (फागुन १५ देखि १८) सम्म आयोजना हुने यो कार्यक्रममा न्यु इनर्जी भेहिकल्स (एनईभि) र सस्टेनेबल इनोभेसनलाई बेजोड रुपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ।
हाल कार्यक्रम स्थलमा स्टल र स्टेजको निर्माणलाई अन्तिम रुप दिने कार्य भइरहेको छ।
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले यही कार्यक्रमका लागि भन्दै विभिन्न मोडलका गाडीहरु पनि नेपाल ल्याइसकेको छ। शार्क, बाओ ५ जस्ता गाडी नेपाल भित्रिसकेका छन्। ती गाडीका प्लेटफर्महरु समेत शोकेस गरिने तयारी छ।

इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने विषयमा यो कार्यक्रम आधारित हुनेछ।
बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुने आयोजकको दाबी छ।यसले इभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यू इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने बताइएको छ।
इभीबारे शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रम डिजाइन गरिएको छ।

हाई–टेक विकको मुख्य आकर्षण
यो हाई–टेक इभेन्ट एउटा ‘इन्टर्याक्टिभ जोन’ हुनेछ। यसमा बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिको बारेमा जानकारी लिन सकिन्छ।
नेक्स्ट–जेन भेइकल शोकेस पनि कार्यक्रममा गरिनेछ। यसमा पर्फमेन्स र सस्टेनेबिलिटीका लागि क्रान्तिकारी रुपमा अगाडि बढिरहेका बीवाईडीका पछिल्ला मोडल र आगामी दिनमा उपलब्ध हुने मोडलको प्रत्यक्ष अनुभव गर्न सकिने कम्पनीले जनाएको छ।

कार्यक्रममा लाइभ डेमोहरु पनि प्रदर्शन गरिनेछ। यसमा स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरि रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन गर्न मौका प्राप्त गर्न सकिनेछ।
कार्यक्रममा विज्ञहरुसँग छलफल गरिनुका साथै प्यानल डिस्कसन पनि आयोजना हुनेछ। पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्य बारेमा कार्यक्रममा विचार मन्थन हुनेछ।


