स्प्रेड दर घटाइयो, आधार दर कम गर्न सम्पतिको प्रतिफल हट्यो, सर्वसाधारणको ब्याज केही कम हुने

बिजमाण्डू
२०७५ पुष ११ गते १३:३८ | Dec 26, 2018
स्प्रेड दर घटाइयो, आधार दर कम गर्न सम्पतिको प्रतिफल हट्यो, सर्वसाधारणको ब्याज केही कम हुने


काठमाडौं। नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुले निक्षेपमा दिने र ऋणमा लिने ब्याजको अन्तर (स्प्रेड दर) घटाएको छ। अब चैतमै स्प्रेड दर ४.७५ प्रतिशतमा झार्नु पर्ने छ।

Vigo
GBIME
Tata

यसअघि ५ प्रतिशतको स्प्रेड असार मसान्तसम्म साढे चार प्रतिशतमा झार्नु पर्ने ब्यवस्था गरिएको थियो। बैंकहरुले असारमा साढे चार प्रतिशतमा ल्याउनु पर्छ।

आधार दरको गणना विधि पनि परिवर्तन गरेको छ। अब ०.७५ प्रतिशत सम्पतिको प्रतिफल जोड्न पाइँदैन। यसले गर्दा बाणिज्य बैकहरुको नाफा १७ अर्बले घट्ने छ भने सर्वसाधारणले केही सस्तोमा ऋण पाउने छन्। 

यसैगरी संस्थागत निक्षेपको अंशलाई बढाइएको छ। यसअघि ४५ प्रतिशतसम्म संस्थागत निक्षेप लिन पाइनेमा अब ५० प्रतिशतसम्मै लिन पाइने भएको छ।