बिगमार्टले राजधानीमा थप एक दर्जन आउटलेट खोल्ने, काठमाडौंमा ३३ वटा आउटलेट पुग्यो



बिजमाण्डू
२०७५ पुष ६ गते १३:४४ | Dec 21, 2018
बिगमार्टले राजधानीमा थप एक दर्जन आउटलेट खोल्ने, काठमाडौंमा ३३ वटा आउटलेट पुग्यो


काठमाडौं । त्रिवेणी समूह मूख्य प्रवद्धक रहेको दैनिक उपभोग्य किराना सामाग्रीको स्टोर संजाल बिग मार्टले राजधानीमा थप एक दर्जन नयाँ स्टोर संचालन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

नक्सालको भाटभटेनी सुपरमार्केट नजिकै विशालनगर जाने मोडमा हालै बिग मार्ट स्टोर संचालनमा आएको छ। मेगा मार्ट प्रालि अन्तर्गत बिग मार्ट ब्राण्डमा अहिले काठमाडौं उपत्यकामा संचालित स्टोरको संख्या ३३ पुगेको छ। उपत्यकामा ४५ वटा स्टोर संचालनमा ल्याएर दोश्रो चरणमा राजधानी बाहिर संजाल बिस्तार गर्ने स्रोतले बतायो।

बिग मार्टले उपत्यकाको तीनवटा शहरमध्ये सबैभन्दा बढी काठमाडौंमा स्टोर संजाल संचालन गरिरहेको छ । राजधानीमा एउटा स्टोरको संचालन गर्न पूर्वाधार निर्माणसहित सत्तरी लाखदेखि एक करोड रुपैयाँ भन्दा बढी लगानी आवश्यक हुन्छ । सन्‌ २००९ जुलाईमा कमलपोखरीस्थित सिटी सेन्टरमा पहिलो बिग मार्ट स्टोर संचालनमा ल्याइएको थियो।

बिग मार्ट स्टोरले एउटै छानोमुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँछ । यो स्टोरले उपभोक्तालाई रोजी-रोजी आफूलाई मनपर्ने ब्राण्डको दैनिक उपभोग्य सामाग्रीका साथै बिग मार्ट ब्राण्डकै खाधान्न साथै हरियो तरकारी फलफूल समेत किन्न पाउने सुविधा उपलब्ध गराएको छ। पछिल्लो समयमा बिग मार्ट व्यवस्थापनले फराकिलो, खुल्ला र पार्किङ सुविधा सहितको स्टोर संचालनलाई प्राथमिकता दिएको छ।