सुनचाँदीको मूल्य पुनः बढ्यो, सुन तोलामा २३ सय र चाँदीमा ३५ रुपैयाँ वृद्धि

बिजमाण्डू
२०८१ फागुन १ गते १०:५९ | Feb 13, 2025
सुनचाँदीको मूल्य पुनः बढ्यो, सुन तोलामा २३ सय र चाँदीमा ३५ रुपैयाँ वृद्धि


काठमाडौं। बुधबार घटेको सुनचाँदीको मूल्य पुनः बढेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा २३ सय रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँ वृद्धि भएको छ।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको कारोबार मूल्य प्रति तोला १ लाख ६९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन तोलामा २७ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै सोमबारका तुलनामा ६ सय रुपैयाँ बढ्दा मंगलबार सुन प्रति तोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार पनि तोलामा १ हजार ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

दुई दिनदेखि घटिरहेको चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेर प्रति तोला १ हजार ९ सय ६५ रुपैयाँ भएको छ। बुधबार चाँदी तोलामा १५ रुपैयाँ घट्दा प्रति तोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ मंगलबार तोलाको १ हजार ९ सय ४५ रुपैयाँ थियो। अघिल्लो दिनका तुलनामा १५ रुपैयाँ बढ्दा सोमबार प्रति तोला १ हजार ९ सय ७५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बिहीबार बढेर प्रति औंस २९१८.६४ डलर पुगेको छ। चाँदी प्रति औंस ३२.३४ डलर छ।