दोर्दी खोला जलविद्युत कम्पनीले १ अर्ब ५ करोडको हकप्रद सेयर निष्कासन गर्न पायो अनुमति



बिजमाण्डू
२०८१ माघ २४ गते १६:५६ | Feb 6, 2025
दोर्दी खोला जलविद्युत कम्पनीले १ अर्ब ५ करोडको हकप्रद सेयर निष्कासन गर्न पायो अनुमति

काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्न बुधबार नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको हो।

Tata
GBIME
Nepal Life

दोर्दी खोलाले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ। कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ५ करोड ४२ लाख रुपैयाँ छ।

कम्पनीले चुक्ता पुँजीको १:१ अनुपातमा प्रति सेयर १०० अंकित दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो। कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ।