वैदेशिक अध्ययनमा नेपाली विद्यार्थीले खर्च गरे ५६ अर्ब ८३ करोड, पोहोरभन्दा २ अर्ब कम



बिजमाण्डू
२०८१ माघ २१ गते ०७:०१ | Feb 3, 2025
वैदेशिक अध्ययनमा नेपाली विद्यार्थीले खर्च गरे ५६ अर्ब ८३ करोड, पोहोरभन्दा २ अर्ब कम

काठमाडौं। वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै ५६ अर्ब ८३ करोड रुपैयाँ बराबर खर्च गरेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब रुपैयाँभन्दा बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ।

अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि ५८ अर्ब ९५ करोड रुपैयाँ बराबरको रकम विदेशिएको थियो। समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष ६ महिनाको अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रुपैयाँ बराबर थियो।

समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रुपैयाँ थियो। रासस