अधिकांश सेवा प्रदायकको इन्टरनेटमा समस्या, प्रयोगकर्ता मोबाइल डेटामा सिफ्ट हुँदा बढ्यो चाप



बिजमाण्डू
२०८१ माघ २० गते २२:०९ | Feb 2, 2025
अधिकांश सेवा प्रदायकको इन्टरनेटमा समस्या, प्रयोगकर्ता मोबाइल डेटामा सिफ्ट हुँदा बढ्यो चाप

काठमाडौं। इन्टरनेट प्रयोगकर्ताहरुले इन्टरनेटमा हैरानी खेपिरहेका छन्।  आइतबार राति ९ बजेदेखि इन्टरनेटमा समस्या देखिएको हो।

Tata
GBIME
Nepal Life

वर्ल्डलिंक, भायनेट, क्लासिकटेकलगायतका सेवा प्रदायकहरुको इन्टरनेट सेवामा समस्या आएर नचलेको गुनासो प्रयोगकर्ताले गरिरहेका छन्।

एकैपटक धेरै प्रयोगकर्ता मोबाइल डेटामा सिफ्ट हुँदा चाप परेर स्लो हुन पुगेको छ। वर्ल्डलिंकका एक प्रतिनिधिले इन्टरनेटमा समस्या देखिएको भन्दै समस्या पहिचान गर्ने काम भइरहेको जानकारी दिए।

‘इन्टरनेटमा समस्या देखिएको छ। कारण पत्ता लगाउन हाम्रा प्राविधिकले काम गरिरहेका छन्। केहीबेरमा इन्टरनेट रिस्टोर हुन्छ,’ उनले भने।

भारतीय अपस्ट्रिम सेवा प्रदायकबाट आउनुपर्ने ५० प्रतिशत ब्यान्डविथ नआएको हो। समस्या बुझ्ने काम भइरहेको छ।