हिउँदे अधिवेशनको पहिलो बैठक तनावपूर्ण, सभामुखले बोल्न समय नदिएपछि रास्वपाले गर्‍यो बहिष्कार



बिजमाण्डू
२०८१ माघ १८ गते १३:४२ | Jan 31, 2025
हिउँदे अधिवेशनको पहिलो बैठक तनावपूर्ण, सभामुखले बोल्न समय नदिएपछि रास्वपाले गर्‍यो बहिष्कार

काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधबीच संसद्को हिउँदे अधिवेशन अगाडि बढाएका छन्।

Tata
GBIME
Nepal Life

शुक्रबार बैठक सुरु हुनासाथ रास्वपाका सांसदले बोल्नका लागि समय मागेकामा सभामुखले दिन मानेनन्। सभामुख र रास्वपाका सांसदबीच करिब आधा घण्टा सवालजवाफ चल्यो।

रास्वपाका सांसदले आफ्ना कुरा राख्नका लागि आकस्मिक समय मागेका थिए। तर सभामुखले अस्वीकार गरे। उनले रास्वपाको अवरोधबीच नै बैठक अगाडि बढाए। त्यसपछि रास्वपाका सांसदहरु १५ मिनेटका लागि बैठक बहिष्कार गरेको भन्दै बाहिरिए।

बहिष्कार गरेर बाहिरिएको २० मिनेटमा रास्वपा सांसदहरु फेरि बैठकमा फर्किएका थिए।