नेपाल ल्युब आयलले १:२ हकप्रद सेयर निष्कासन गर्ने, एफपीओको प्रस्ताव खारेज



बिजमाण्डू
२०८१ माघ १३ गते १२:०५ | Jan 26, 2025
नेपाल ल्युब आयलले १:२ हकप्रद सेयर निष्कासन गर्ने, एफपीओको प्रस्ताव खारेज

काठमाडौं। नेपाल ल्युब आयल लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। माघ ११ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

सञ्चालक समितिले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्न माघ २९ गते साधारण सभा तय गरेको छ। कम्पनीको चुक्ता पुँजी अहिले ७ करोड २९ लाख रुपैयाँ छ। कम्पनीले १४ करोड ५८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको हो।

कम्पनीले यसअघि घोषणा गरेको एफपीओको प्रस्ताव भने खारेज गरेको छ।