काठमाडौं। फर्स्ट माइक्रोफाइनान्सको खुद नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ३८.४० प्रतिशतले घटेको हो।
लघुवित्तको प्रोभिजनिङ राइट ब्याक गर्दा समेत ब्याज आम्दानीसँगै फि-कमिसन घट्दा नाफा प्रभावित भएको छ।
पुससम्म लघुवित्तले कर्जा नोक्सानीबापत ८५ लाख रुपैयाँ राइट ब्याक गरेको छ। लघुवित्तले ६ महिनामा ५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। पोहोर यसै अवधिमा लघुवित्तले ८ करोड ४९ लाख रुपैयाँ नाफा गरेको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी २७.५६ प्रतिशतले घटेको छ। खराब कर्जा २.८७ प्रतिशतबाट ४.४४ प्रतिशत पुगेको छ।
लघुवित्तको प्रति सेयर आम्दानी ७.७८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १२५.३३ रुपैयाँ छ। लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ९१ लाख रुपैयाँ छ। पोहोर ६ महिनामा लघुवित्तको वितरणयोग्य नाफा ६ करोड ३३ लाख रुपैयाँ थियो।










