महालक्ष्मी विकास बैंकले फोटोग्राफी प्रतियोगिताका विजेताहरुलाई वितरण गर्‍यो पुरस्कार



बिजमाण्डू
२०८१ माघ १० गते १६:४९ | Jan 23, 2025
महालक्ष्मी विकास बैंकले फोटोग्राफी प्रतियोगिताका विजेताहरुलाई वितरण गर्‍यो पुरस्कार

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोटोग्राफी प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले विश्व फोटोग्राफी दिवसको अवसरमा ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २’ घोषणा गरेको थियो। सोही प्रतियोगितामा विजय हुनेहरुलाई आज एक कार्यक्रमबीच पुरस्कार वितरण गरिएको हो।

प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम, शौरभ बज्राचार्य दोस्रो र पारस राज बर्जाचार्य तेस्रो भएको बैंकले जनाएको छ। विजेताहरुले प्रमाणपत्रका साथमा क्रमश: २० हजार, १५ हजार र १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन्।

यस्तै, सबैभन्दा बढी मत प्राप्त गरि घनश्याम श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जितेका छन्। उनलाई प्रमाणपत्रसँगै ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

यससँगै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट १५ जना फोटोग्राफरहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो।

उक्त प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरु खिचेर पठाउनुपर्ने नियम थियो।