फास्ट ट्र्याकको डिपिआर बनाउने जिम्मा कोरियाली कम्पनीलाई, साढे तीन महिनाको समय, १० करोड लागत



बिजमाण्डू
२०७५ असोज १६ गते १९:०१ | Oct 2, 2018
फास्ट ट्र्याकको डिपिआर बनाउने जिम्मा कोरियाली कम्पनीलाई, साढे तीन महिनाको समय, १० करोड लागत


काठमाडौं। राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रतुमार्ग आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउने जिम्मा कोरियाली कम्पनी सुसुङ इन्जिनियरिङले पाएको छ। नेपाली सेनाले १० करोड १२ लाख रुपैयाँमा आयोजनाको डिपिआर बनाउन जिम्मा सुसुङ इन्जिनियरिङलाई दिएको हो। 

Tata
GBIME

नेपाली सेना र सुसुङबीच भएको सम्झौताअनुसार अबको साढे तीन महिनाभित्रमा डिपिआर तयार हुनेछ। यससम्बन्धि सम्झौतापत्रमा द्रुर्तमार्ग आयोजना प्रमुख योगेन्द्रबहादुर खाँण र सुसुङ इन्जिनियरिङका अध्यक्ष किह्युन ह्वाङले हस्ताक्षर गरेका छन्। 

काठमाडौंलाई तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो द्रुतमार्ग नेपाली सेनाले अघि बढाइरहेको छ। यसअघि भारतीय कम्पनी आइएलएन्डएफएसले आयोजनाको द्रुतमार्ग तयार गरेको भए पनि लागत महँगो परेको भन्दै सेनाले खरिद गर्न अस्वीकार गरेको थियो। 

काठमाडौंलाई मध्य तराईको बारा जिल्लासँग जोड्ने आयोजना ७६ किलोमिटर लामो हुनेछ। सरकारले ५ वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी एक वर्षअघि नेपाली सेनालाई आयोजनाको जिम्मा दिएको थियो।