एमाले केन्द्रीय सदस्य किशोर विक्रम मल्ल पक्राउ, साढे २० लाखको चेक बाउन्स भएपछि हिरासतमा



बिजमाण्डू
२०८१ माघ १ गते १२:१९ | Jan 14, 2025
एमाले केन्द्रीय सदस्य किशोर विक्रम मल्ल पक्राउ, साढे २० लाखको चेक बाउन्स भएपछि हिरासतमा
किशोर विक्रम मल्ल

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य किशोर विक्रम मल्ल पक्राउ परेका छन्।

Tata
GBIME
Nepal Life

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई सोमबार पक्राउ गरेर हिरासतमा राखेको छ। चेक बाउन्सको उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। मल्लविरुद्ध गुल्मी घर भएका पदम पहराईले उजुरी दिएका थिए।

‘उहाँहरुलाई मेलमिलाप गर्न भनेका छौं,’ एक प्रहरी अधिकृतले भने। मल्लले दिएको साढे २० लाख रुपैयाँको चेक बाउन्स भएको थियो।

मल्ल अनेरास्ववियुका पूर्वअध्यक्ष समेत हुन्।