महालक्ष्मी बैंकको मसुरीया शाखाले स्वास्थ्य शिविरमा निशुल्क औषधि वितरण गर्यो



बिजमाण्डू
२०७५ असोज २ गते १६:५१ | Sep 18, 2018
महालक्ष्मी बैंकको मसुरीया शाखाले स्वास्थ्य शिविरमा निशुल्क औषधि वितरण गर्यो

काठमाडौं। महालक्ष्मी विकास बैंकको मसुरीया शाखा कार्यालयले मसुरीया स्वास्थ्य चौकीले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा निशुल्क औषधी वितरण गरेको छ। 

Tata
GBIME
Nepal Life

शिविरमा नवजात शिशु तथा बाल रोग, स्त्री तथा प्रसुती रोग, नाक कान तथा घाँटी रोग लगायत जनरल सर्जन सेवा प्रदान गरिएको थियो। करिब एक हजार तीन सय ४६ जनाले निशुल्क स्वास्थ्य जाँच गराएका थिए।

शिविरमा बैंकको मसुरीया शाखाले निशुल्क आवश्यक औषधी उपलब्ध गराएको हो।