काठमाडौंबाट बिराटनगर जाँदा सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्कियो, बायाँ इन्जिनमा क्षति

बिजमाण्डू
२०७५ असोज १ गते १६:१५ | Sep 17, 2018


काठमाडौं। सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएको छ। काठमाडौंबाट विराटनगरका लागि उडेको ९ एन ए एम ई कल साइनको विमानमा चरा ठोक्किएको हो।

Vigo
GBIME
Tata

विमानको बायाँ इन्जिनमा चरा ठोक्किएका कारण विहान विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।

विमानका दुईवटा पत्तीमा क्षति पुगेको छ। विमान मर्मतका लागि प्राविधिक टोली विराटनगर पुगिसकेका सौर्य एयरलाइन्सका मार्केटिङ म्यानेजर मुकेश खनालले जनाकारी दिए।

खनालले भने, 'हाम्रो प्राविधिक टोली पुगिसकेको छ। के क्षति भएको छ हेर्छ। मर्मतपछि इन्जिनियरिङ टिमले नै टेष्ट उडान भरेर काठमाडौं ल्याउने छ।'

विमानमा ४८ जना यात्रु र ४ जना चालक दलका सदस्यहरु थिए। विमानका क्याप्टेनले विराटनगर विमानस्थल पुगेपछिमात्र चरा ठोक्किएको जानकारी दिएको म्यानेजर खनालले बताए।

यो जहाजले आज बिहान ७:४५ मा काठमाडौ -बिराटनगर उडान गरेको थियो।

कम्पनीका २ मध्ये  यहि एउटामात्र जहाज सन्चालनमा थियो।  चरा ठोक्किएपछि यो पनि  ग्राउण्डेड भएको छ। भोलि नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक टोली पनि बिराटनगर जाने खनालले बताए।