
काठमाडौं । शिवम् सिमेन्टले शिवम् प्लस ओपिसि सिमेन्ट नेपाली बजारमा ल्याएको छ। शिवम् प्लस सिमेन्ट मजबूत तथा दिगो निर्माणका लागि उपयुक्त हुने र यसले उपभोक्तालाई थप गुणस्तर प्रदान गर्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा छ।
नेपाल गुणस्तर चिन्हका साथै आइएसओ ९००१, आइएसओ १४००१, ओएचसिएएस ८००१, आइएसआइ र युआरएस प्रमाणित शिवम् प्लसले निर्माणलाई थप मजबुत र सवल बनाउने दावी कम्पनीको छ । शिवम् प्लस सिमेन्ट ओपिसि बजारमा उपलव्ध सिमेन्टमध्ये भौतिक तथा रसायनिक गुणहरुमा उत्कृष्ट रहेको दावी पनि कम्पनीको छ।
कम्पनीले यो सिमेन्ट प्रवद्धनका लागि 'उत्कृष्टताको आकाङ्क्षा, प्रगतिशील जीवनको पहिचान' नारा समेत तय गरेको छ। कम्पनीले यो सिमेन्ट हाललाई सीमित बितरकमा मात्र उपलब्ध हुने जानकारी पनि दिएको छ।
मकवानपुर गढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुङ्गा खानीबाट ल्याइएको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने शिवम् प्लस ओपिसि सिमेन्टको गुणस्तरलाई लामो समयसम्म कायम गर्न विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको जानकारी पनि कम्पनीले दिएको छ।