कुमारी बैंकले दियो दुर्घटना बीमाको रकम, मुना राणालाई १० लाख रुपैयाँ हस्तान्तरण



बिजमाण्डू
२०८१ पुष १७ गते १४:५६ | Jan 1, 2025
कुमारी बैंकले दियो दुर्घटना बीमाको रकम, मुना राणालाई १० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं। कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजनाअन्तर्गत खातावालका परिवारलाई १० लाख रुपैयाँ दुर्घटना बीमा रकम भुक्तानी गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले मुना राणालाई दुर्घटना बीमा रकम भुक्तानी गरेको हो। राणालाई आफ्नो टोखा शाखाबाट बीमा रकम हस्तान्तरण गरेको बैंकले बुधबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ। यस खातामा खातावालसहित परिवारका चार सदस्यले २६ लाख रुपैयाँसम्म बीमा प्राप्त गर्न सक्ने सुविधा छ।