कालिञ्चोक दर्शनले ६० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्दै, खर्च गर्ने योजना यस्तो



बिजमाण्डू
२०८१ पुष ७ गते १६:२१ | Dec 22, 2024
कालिञ्चोक दर्शनले ६० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्दै, खर्च गर्ने योजना यस्तो

काठमाडौं। कालिञ्चोक दर्शन कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। आइतबार बसेको कम्पनी सञ्चालक समिति बैठकले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीको चुक्ता पुँजी हाल ६० करोड रुपैयाँ छ। कालिन्चोकले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा ६० करोड रुपैयाँको हकप्रद निष्कासन गर्ने भएको हो।

कम्पनीले हकप्रदबाट संकलन भएको रकम बैंक ऋण चुक्ता, इन्भेष्टमेन्ट कम्पनीमा लगानी तथा होटल निर्माणमा उपयोग गर्ने जनाएको छ।