नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण सम्पन्न, १०० जना सहभागी



बिजमाण्डू
२०८१ पुष २ गते १४:०९ | Dec 17, 2024
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण सम्पन्न, १०० जना सहभागी

काठमाडौं । पर्यटन व्यवसायीहरुका लागि चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम भएको थियो। यो तालिमको उद्देश्य नेपालका पर्यटन व्यवसायीहरुलाई चिनियाँ पर्यटकहरुसँग अझ प्रभावकारी रूपमा जोड्न र सेवा दिन सक्षम बनाउने थियो।

६ महिने तालिमकम यस वर्ष १०० जना सहभागी थिए। जसमध्ये ४० जनाले चिनियाँ भाषा मापदण्ड अनुसारको दक्षता हासिल गर्दै प्रमाणपत्र प्राप्त गर्न सफल भए।

समापन कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐयरले भाषा दक्षताको महत्त्वलाई जोड दिएका थिए। उनले भाषा पर्यटन व्यवसायमा प्रभावकारी सेवा र अतिथ्यको आधार रहेको बताउँदै यस्ता कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धी बनाउन योगदान पुर्‍याउने बताए।

यस्तै, चिनियाँ नियोगका उपप्रमुख  सिनले नेपाल र चीनबीचको गहिरो सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने यस्ता कार्यक्रम आवश्यक रहेको बताएका थिए।