अर्थमन्त्री पौडेल अर्थ समितिको बैठकमा गयल, गणपूरक संख्या नपुगेपछि स्थगित



बिजमाण्डू
२०८१ पुष १ गते १४:५४ | Dec 16, 2024
अर्थमन्त्री पौडेल अर्थ समितिको बैठकमा गयल, गणपूरक संख्या नपुगेपछि स्थगित
अर्थ समितिको बैठक। फाइल तस्वीर

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेल प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा गयल भएका छन्। उनले यसअघिको बैठकमा आफू जुनसुकै बेला उपस्थित हुन तयार रहेको बताएपछि समितिका सभापति सन्तोष चालिसेले सोमबार बिहान ११ बजे बैठक राखेका थिए।

Tata
GBIME
Nepal Life

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकमाथि छलफलका लागि राखिएको बैठकमा मन्त्री पौडेलका साथै समितिकै सदस्य सहभागी भएनन्। गणपूरक संख्या नपुगेपछि समितिको बैठक स्थगित भएको छ।

बैठक सञ्चालनका लागि कम्तिमा १२ सांसद चाहिनेमा ८ जना मात्र उपस्थित भएका कारण स्थगित गरेको चालिसेले बताए।

बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदसँग छलफल गर्ने कार्यसूची थियो। यसका लागि मन्त्री पौडेललाई पनि बोलाइएको थियो।

समितिमा पाँच वटा विधेयक विचाराधीन छन्। सांसदहरु गयल हुनाले समितिले विधेयक अगाडि बढाउन सकेको छैन।