सिद्धार्थ बैंकको लाभांश घोषणा, लगानीकर्ताले ५६ करोड ३५ लाख रुपैयाँ प्रतिफल पाउने



बिजमाण्डू
२०८१ मंसिर २३ गते १०:३० | Dec 8, 2024
सिद्धार्थ बैंकको लाभांश घोषणा, लगानीकर्ताले ५६ करोड ३५ लाख रुपैयाँ प्रतिफल पाउने

काठमाडौं। सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकका सेयरधनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कर प्रयोजनसहित ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ प्रतिफल पाउनेछन्।

बैंकको चुक्ता पुँजी हाल १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ छ। बैंकका सेयरधनीले नेपाल राष्ट्र बैंकले स्वीकृत गर्नुका साथै साधारण सभाबाट पारित भएपछि लाभांश पाउनेछन्।

बैंकले २०७९/८० मा ४.२१ प्रतिशत नगद लाभांश र २०७८/७९ मा १२.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।