सदर चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट गर्न सकिने



बिजमाण्डू
२०८१ मंसिर २१ गते १२:२३ | Dec 6, 2024
सदर चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट गर्न सकिने

काठमाडौं। जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्नका लागि आवश्यक प्रवेश शुल्क भुक्तानी गर्न नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ। अबदेखि क्यूआर कोड स्क्यान गरेर प्रवेश शुल्क भुक्तानी गर्न सकिने भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चिडियाखानाको प्रवेश शुल्क भुक्तानी डिजिटल माध्यमवाट गर्न सकिने व्यवस्था गरेको जनाएको छ।

बैंकले टिकट भुक्तानीका लागि डिजिटल माध्यमको व्यवस्था गरेसँगै अनलाइन भुक्तानी सम्भव भएको हो। अवलोकनकर्ताहरूले आफ्नो मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यानको माध्यमबाट सहज भुक्तानी गरी प्रवेश टिकट प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रयोगकर्ताहरूलाई सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्नका लागि डिजिटल टिकट शुल्क भुक्तानीको व्यवस्था गरिएको बैंकले जनाएको छ।