कर्णालीलाई चितवनले दियो १३१ रनको चुनौती, संयमित ब्याटिङ गरेका बोपाराको लगातार अर्धशतक



बिजमाण्डू
२०८१ मंसिर २१ गते १०:५७ | Dec 6, 2024
कर्णालीलाई चितवनले दियो १३१ रनको चुनौती, संयमित ब्याटिङ गरेका बोपाराको लगातार अर्धशतक
फोटो/ ग्राफिक्स: एनपीएल

काठमाडौं । चितवन राइनोजले कर्णाली याक्ससामू १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको हो।

Tata
GBIME
Nepal Life

टस जितेर पहिलो फिल्डिङ रोजेका कर्णाली याक्सका कप्तान सोमपाल कामीले पहिलो ओभरको पाँचौँ बलमै पहिलो विकेट लिएर पहिलो सफलता हात पारेका थिए। ओपनर लुक बेनकेनस्टेइनलाई डकआउट गर्दै सोमपालले पहिलो विकेट लिए।

अर्का ओपनर दीपक बोहरा पनि बलरमैत्री पिचमा प्रभावकारी हुन सकेनन्। ८ रन बनाएका उनलाई नन्दन यादवले ३.५ ओभरमा देव खनालबाट क्याच थमाए। तेस्रो विकेट जिसन मक्सुदले लिए। उनले ११ रन बनाएका विपिन रावललाई बोल्ड आउट गरे।

चौथो नम्बरमा आएर अनुभवी ब्याटर रवि बोपाराले संयमित ब्याटिङ गरे पनि अर्को एण्डबाट विकेट गुम्ने क्रम थामिएन। उनले कुशल मल्लसँग सर्वाधिक ६० रनको साझेदारी गरे। तर, १३.२ ओभरमा २३ रन बनाएका कुशल मल्ललाई मक्सुदले गुल्सन झाबाट क्याचआउट गराउँदै कर्णालीलाई ब्रेकथ्रु दिलाए।

छैटौं नम्बरमा आएका जन लफ्टी इटन ९ रनमा एलबीडब्लु आउट हुँदा लगत्तै आएका सोहिल तान्विर डकआउट भए। त्यस्तै अर्का ब्याटर अमर रौटेला ९ रन बनाएर बोल्ड आउट भए। यी तिनै जना ब्याटरलाई विपिन शर्माले पभेलियन फर्काए।

चितवनका लागि संयमित ब्याटिङ गरेका बोपाराले ४० बलमा ५९ रन बनाउँदै अविजित रहे। एनपीएलमा उनको यो लगातार दोस्रो अर्धशतक हो। जारी प्रतियोगितामा दुई अर्धशतक प्रहार गर्ने बोपारा पहिलो खेलाडी हुन्। यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध ५१ रन बनाएका थिए। त्यस्तै, शरद भेषवाकर ६ रनमा अविजित रहे।

बलिङतर्फ कर्णालीका विपिन शर्माले सर्वाधिक ३ विकेट लिँदा जिसन मक्सुदले २ तथा सोमपाल कामी र नन्दन यादवले समान १ विकेट लिए।

सम्बन्धित समाचार: भारतका धवन भर्सेस पाकिस्तानका तन्विर : समकालिन देब्रे हाते ‘राइभल’को एनपीएल भिडन्त