बुढानिलकण्ठ हेरिटेजले आइपीओ निष्कासन गर्दै, मंसिरमा साधारण सभा



बिजमाण्डू
२०८१ कात्तिक २५ गते ११:४४ | Nov 10, 2024
बुढानिलकण्ठ हेरिटेजले आइपीओ निष्कासन गर्दै, मंसिरमा साधारण सभा

काठमाडौं। होटल बुढानिलकण्ठ हेरिटेजले प्राथमिक साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित गर्दैछ।

Tata
GBIME
Nepal Life

बुधबार बसेको सञ्चालक समिति बैठकले मंसिर १४ गते साधाण सभा तय गरेको छ। कम्पनीको अहिले ८५ करोड रुपैयाँ चुक्ता पुँजी छ।

चुक्ता पुँजीको २९.५६ प्रतिशत हकप्रद सेयर निष्कानसन गर्ने कम्पनीले जनाएको छ। सो हकप्रद सेयर साबिकका सेयरधनीले खरिद गरेपश्चात कम्पनीको चुक्ता पुँजी थप वृद्धि हुनेछ। त्यसपछि कायम हुने पुँजीका आधारमा साधारण सेयर जारी गरिने छ।