काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने उद्योगको लाइन काटेपछि उद्योगी बक्यौता तिर्ने विषयमा प्राधिकरणसँग छलफलमा जुटेका छन्।
प्राधिकरणले बिहीबार राति ३४ उद्योगको लाइनका काटेको थियो। गत असोज २४ गते ८ गतेभित्र बक्यौता रकम बुझाउन प्राधिकरणले सूचना निकालेको थियो। उक्त्त समयभित्र बक्यौता नबुझाएपछि प्राधिकरणले लाइन काटेको हो।
प्राधिकरणले लाइन काटेपछि केही उद्योगी बक्यौता रकम तिर्न प्राधिकरणसँग आन्तरिक छलफलमा जुटेका छ। ६ वटा उद्योगले बिहीबार नै बक्यौता रकम तिरेका थिए। जसको प्राधिकरणले लाइन काटेको थियन। त्यस्तै शुक्रबार लाइन काटेकामध्ये २ वटा ग्राहकले बक्यौता बुझाएका छन्। ती उद्योगमा प्राधिकरणले लाइन जोडिदिएका छ।
यस्तै अन्य ७ उद्योगले शुक्रबार प्राधिकरणसँग छलफल गरेका छन्। किस्ता सुविधामार्फत बक्यौता बुझाउन उनीहरु तयार रहेको प्राधिकरण स्रोतले बतायो।
‘शुक्रबारमात्र लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गतका ७ वटा उद्योगले बक्यौता तिर्छौं भन्नुभएको छ। सर्वोतम् सिमेन्टले पनि किस्तामा बक्यौता बुझाउनको लागि निवेदन दिएको छ। अन्य उद्योगीले पनि बुझाउने मौखिक रुपमा प्रस्ताव गर्नु भएको छ। हामी बक्यौता तिर्छौं। तर नाम नखुलाइदिनुस् हामीलाई अप्ठारो हुन्छ भन्नुहुन्छ,’स्रोतले भन्यो।










