बैंकको नाफा बढ्दा घट्यो सेयर मूल्य, नेप्से २०.४१ अंकले ओर्लियो, सवा ६ अर्बको कारोबार



बिजमाण्डू
२०८१ कात्तिक ७ गते १५:१८ | Oct 23, 2024
बैंकको नाफा बढ्दा घट्यो सेयर मूल्य, नेप्से २०.४१ अंकले ओर्लियो, सवा ६ अर्बको कारोबार

काठमाडौं। सेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक बुधबार २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झरेको छ।

Tata
GBIME
Nepal Life

फाइनान्स र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्। बैंकिङ सूचक सर्वाधिक १.७० प्रतिशतले घटेको छ। जबकि वाणिज्य बैंकहरुले बुधबार नै चालु आर्थिक वर्ष पहिलो त्रैमासमा मुनाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेका थिए।

कारोबारमा आएका ३२४ मध्ये १५५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। माहुली लघुवित्तका लगानीकर्ताले सर्वाधिक ४.२८ प्रतिशतले गुमाएका छन्।

७६ कम्पनीको सेयर भाउ बढेको छ। दुई कम्पनीको मूल्यका पोजेटिभ सर्किट लागेको छ। आईसीएफसी फाइनान्स र समृद्धि फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका हुन्।

६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच हुँदा आईसीएफसी फाइनान्सको सर्वाधिक ४३ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।